त्रिभुवन विश्वविद्यालयमा पनि शनिबार मात्रै बिदा, आइतबार खुल्ने
आइतबार बिदा दिने सरकारको निर्णयलाई त्रिभुवन विश्वविद्यालयले पनि अस्वीकार गरेको छ । कोभिडका कारण शैक्षिक पात्रो ढिलो भएकाले विश्वविद्यालयले हप्तामा दुई दिन बिदा नदिने निर्णय गरेको हो ।
विश्वविद्यालयले आज जारी सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि साबिकबमोजिम नै आइतबार समेत विश्वविद्यालयका सेवाहरू सञ्चालनमा रहने बताइएको छ ।
पठनपाठन र परीक्षाका तालिकाहरू पहिले नै निर्धारण भइसकेकाले सरकारले गरेको उक्त निर्णय तत्काल कार्यान्वय नर्ग नसकिने त्रिभुनव विश्वविद्यालयको निश्कर्ष छ ।
‘विश्वविद्यालयमा कोभिडको असरका कारणले शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाका तालिकाहरू पहिले नै निर्धारण भइसकेको तथा विश्वविद्यालयका पाठ्यक्रमको संरचनासमेत छ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा विद्यार्थीहरूको पठनपाठन र विश्वविद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवालगायत अन्य सेवालाई नियमित रूपमा सञ्चालन गर्न आवश्यक भएकाले अर्को सूचना जारी नभएसम्मका लागि साबिकबमोजिम नै आइतबार समेत विश्वविद्यालयका सेवाहरू सञ्चालनमा रहने छ,’ सूचनामा भनिएको छ ।
टिप्पणीहरू