एकीकृत समाजवादीले कहाँ कहाँ जित्न सक्यो ?
नेकपा एकीकृत समाजवादीले विभिन्न स्थानमा जितेका खबर बाहिरिएका छन् । जसअनुसार दैलेख,नौमुले गाउँपालिकाको उपाध्यक्षमा उक्त पार्टीका गंगाबहादुर शाही विजयी भएका छन् । त्यस्तै सोही गाउँपालिकाको ५ नम्बर वडामा कृष्ण सलामी र ८ नम्बर वडामा दिपक हमाल वडाध्यक्षमा विजयी भएका छन् ।
भगवतीमाई गाउँपालिकाको वडा नम्बर १ मा इन्द्रबहादुर थापा र २ मा दिपक रावत पनि नेकपा एकीकृत समाजवादीको तर्फबाट निर्वाचित भएका छन् । जुम्ला,हिम गाउँपालिकाको २ नम्बर वडामा हरिबहादुर रोकाय र कनकासुन्दरी ७ मा तेजबहादुर जिसीेले वडाध्यक्ष जितेका छन् ।
कर्णाली प्रदेशमा हालसम्म उक्त पार्टीले अध्यक्ष २,उपाध्यक्ष २ र वडाध्यक्ष ६ स्थानमा जितेको छ । सुदूरपश्चिमको अछाम र बझाङ, लुम्बिनीको रुपन्देही र गुल्मी, बागमतीको सिन्धुपाल्चोक, दोलखा र धादिङ तथा मधेशको रौतहट,सर्लाही,धनुषा र सप्तरीमा गरेर ती पदमा जीत हासिल भएको एकीकृत समाजवादीले बताएको छ ।
१ नम्बर प्रदेशमा केही प्रमुख, उपप्रमुख, ४० वडा अध्यक्ष र १६२ सदस्यले अहिलेसम्म विजय प्राप्त गरेका छन् । गण्डकीको मुस्ताङमा एउटा वडा सदस्य जितेर खाता खोलेको पनि पार्टीले जानकारी गराएको छ ।
टिप्पणीहरू