हेटौंडाका ४ वटा वडामा गठबन्धनकी उम्मेदवार झिनो मतले अगाडि

हेटौंडाका ४ वटा वडामा गठबन्धनकी उम्मेदवार झिनो मतले अगाडि

हेटौंडा उपमहानगरपालिकाको चार वटा वडाको मत गणनामा गठबन्धनकी मेयर उम्मेदवार मिना लामा १० मतले अगाडि देखिएकी छन् ।

वडा नम्बर १, २, १८ र १९ को ९०४ मत गणना गर्दा उनी १० मतले अगाडि देखिएकी हुन् । लामाले २८३ मत ल्याउँदा नेकपा एमालेका अनन्त पौडेलले २७३ मत पाएका छन् । त्यस्तै राप्रपाका दिपक बहादुर सिंहले १२४ मत ल्याएका छन् ।

हेटौंडा उपमहानगरपालिकामा १ लाख ४ हजार ४७३ मतमध्ये ७३ हजार ४१४ मत खसेको छ ।

टिप्पणीहरू