गोकुल बाँस्कोटाको ठाउँमा एमाले र समाजवादीको कडा टक्कर

गोकुल बाँस्कोटाको ठाउँमा एमाले र समाजवादीको कडा टक्कर

एमाले पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाको जन्मथलो काभ्रेको मण्डनदेउपुर नगरपालिकाअन्तर्गत वडा नं ३ मा सूर्य र कलमवीच कडा टक्कर चलेको छ । मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक हुँदा त्यहाँ एमाले र एकीकृत समाजवादीको बलियो भिडन्त देखिएको हो ।

सात सय मतगणना हुँदा एमाले उम्मेदवारलाई पछि पार्दै वडाध्यक्षमा कांग्रेसले अग्रता लिएको छ । काँग्रेस उम्मेदवारले ३०५ मत पाएका छन् भने एमालेले २०७ मत ल्याएको छ । १३४ मत पाएको एकीकृत समाजवादीले एमालेलाई कडा चुनौती दिएको छ ।एमाले उम्मेदवारलाई मेयरमा २६४ मत जाँदा समाजवादीका उम्मेदवारले २५८ भोट प्राप्त गरेका छन् । उपप्रमुखमा एमाले उम्मेदवारलाई भन्दा कांग्रेसका उम्मेदवारलाई धेरै भोट गएको छ । एमाले उम्मेदवारले २१० भोट ल्याउँदा कांग्रेस उम्मेदवारले ३५७ मत पाएका छन् ।

नगरपालिकामा कांग्रेस र एकीकृत समाजवादीको गठबन्धन छ । मेयरमा एमालेबाट बिदुरप्रसाद सापकोटा र नेकपा (एस) बाट गोकुलकै गाउँले टोकबहादुर वाइवा उठेका छन् ।

टिप्पणीहरू