दुई ठूला दलद्वारा हेपिएका दुबैले जिते

दुई ठूला दलद्वारा हेपिएका दुबैले जिते

उदयपुरको दुई पालिकामा सत्ता गठबन्धनका नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लाई संगठन छैन भनेर भागवण्डा दिन नमानेपछि स्वतन्त्रबाट उठेका दुई जनाले वडाध्यक्ष जितेर सबैलाई जिल्याइ दिएका छन् ।

यसरी जिल्याउनेमा लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ३ का गुरुमणि कुमाई हुन् । कुमाईले गठबन्धनबाट दुई ठूला दलका उम्मेदवारलाई पराजित गरेका छन् ।

एसका भएपनि स्वतन्त्र जेब्रा छापमा उठेका उनले ३१५ मत प्राप्त गरेका हुन् भन निकटतम प्रतिद्वन्द्वी नेका र माओवादी केन्द्रका साझा उम्मेदवार कुलबहादुर खत्रीले भने २६३ मत प्राप्त गरेका छन् ।

कुमाई एकीकृत समाजवादीमा जिल्ला कमिटी सदस्य छन् । त्यसैगरी उदयपुरगढीकै १ नम्बर वडामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कै कलम चिन्ह लिएर उठेका दिलबहादुर मगर ६६३ मत ल्याएर विजयी भएका छन ।

टिप्पणीहरू