१ मतले पाँच बर्षको भविष्य तलमाथि

१ मतले पाँच बर्षको भविष्य तलमाथि

माओवादी प्रभाव रहेको महोत्तरीको बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले अग्रता लिएका छन् । नेपाली कांग्रेसले अन्तिम समयमा टिकट खोसेपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका क्षेत्री सबै दलहरुलाई पछि पार्दै अगाडि बढेका हुन् ।

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसबाटै उम्मेदवारी दिएका क्षेत्रीले झण्डै १ हजार मतले माओवादी केन्द्रसँग पराजय ब्यहोरेका थिए ।

प्यानलसहित उम्मेदवारी दिएको क्षेत्री समूहले २ वटा वडामा जीतसमेत हासिल गरिसकेको छ । वडा नम्बर ७, १४ र वडा नम्बर १ मा क्षेत्री समूहले जेब्रा चिन्हबाट जित हासिल गरेको हो ।

वडा नम्बर ७ मा रामसोगारथ यादव,वडा नम्बर ८ मा भोला यादव र वडा नम्बर १४ मा विजय महतो विजयी बनेका छन् । उनीहरू दलका उम्मेदवार तथा आफ्नै आधिकारिक उम्मेदवारहरूसँग १/१ मतले विजयी भएका छन् ।

वडा नम्बर १४ मा कांग्रेसका आधिकारिक उम्मेदवार भरत हमाललाई जम्मा १ मतले उछिन्दै विजय महतो विजयी भए । निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार विजयले ५०८ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार हमालले ५०७ मत प्राप्त गरेका छन् ।

टिप्पणीहरू