भरतपुर अपडेटः विजय फेरि अगाडि

भरतपुर अपडेटः विजय फेरि अगाडि

चितवनको भरतपुर महानगरपालिका मेयरमा एमाललेका विजय सुवेदी र माओवादीकी रेनु दाहालबीच कडा टक्कर देखिएको छ । सुवेदी र दाहालको मतान्तरमा उतारचढाप हुने क्रम जारी छ ।

सबैको चासोमा परेको दोस्रो महानगरमा अहिले सुवेदीले ३७ भोटले अग्रता कायम गरेका हुन् । वडा नम्बर ४ को मतगणना जारी रहँदा सुवेदीले चार हजार एक सय ८१ भोट ल्याउँदा दाहालले ४ हजार १४४ मत प्राप्त गरेकी छन् ।

सत्ता गठबन्धन दल नेपाली काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन गरेको यो महानगरमा काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले दाहालको भोट काटि रहेको देखिन्छ । उनले एक हजार ७५३ मत पाएका छन् ।

उमपेयरमा कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ४ हजार ८२८ भोट ल्याएका छन् । यस्तै, राप्रपाकी उम्मेदवार हिमला गुरुङले ३ हजार २८७ भोट प्राप्त गरेकी हुन् ।

टिप्पणीहरू