नाम्खामा सत्ता गठबन्धनको प्यानल निर्वाचित
हुम्लाको नाम्खा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । माओवादीका प्रेम बहादुर लामा अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनले एक हजार चार सय ६६ भोट ल्याएका छन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सुर्य बहादुर लामा ६६२ मत प्रप्त गरेका हुन् । यस्तै, उपाध्यक्षमा नेपाली काँग्रेसका तक्दीर लामा निर्वाचित भएका छन् ।
उनले एक हजार ९४ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार लाक्पा नुर्बु लामा पाँच सय ६५ र एमालेका नुरजङ तामाङले चार सय ८२ मत पाए ।
टिप्पणीहरू