रसुवाको कालिकामा पनि काँग्रेसलाई नै फाइदा
कम्युनिस्ट पार्टी बिभाजनको सोझो फाइदा लिइरहेको नेपाली काङ्ग्रेसलाई रसुवाको कालिका गाउँपालिका पनि फलिफाप भएको छ । त्यहाँको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस निर्वाचित भएको छ । अध्यक्षमा हरिकृष्ण देवकोटा निर्वाचित भएका छन् ।
उनले दुई हजार ६२२ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कमलनाथ आचार्यले २ हजार २८३ र माओवादी केन्द्रका उम्मेदवार सोमबहादुर तामाङले १ हजार ५२२ मत ल्याएका छन् ।
उपाध्यक्षमा पनि कांग्रेसकै मीरा लामा निर्वाचित भएकी छन् । उनले २ हजार ८१० भोट पाएकी हुन् । यस्तै, उनकी प्रतिस्पर्धी नेकपा एमालेकी अम्बिका भट्टले २ हजार २ र नेकपा एकीकृत समाजवादीका विष्णुप्रसाद देवकोटाले १ हजार ४० भोट पाएका छन् ।
२०७४ सालको निर्वाचनमा यो गाउँपालिकामा नेकपा एमाले विजयी भएको थियो । निवर्तमान अध्यक्ष सीताकुमारी पौडेल अधिकारी १४५८ मत ल्याएर निर्वाचित भएकी थिइन् । यस्तै,उपाध्यक्षमा एमालेकै भवानीप्रसाद न्यौपानेले १ हजार ७०२ मत ल्याएर जितेका थिए ।
टिप्पणीहरू