विराटनगरमा काँग्रेसका नागेश र एमालेकी शिल्पाको जित करिब सुनिश्चित

विराटनगरमा काँग्रेसका नागेश र एमालेकी शिल्पाको जित करिब सुनिश्चित

विराटनगर महानगरपालिकामा सत्ता गठबन्धनतर्फबाट प्रमुख पदमा काँग्रेसका नागेश कोइराला र उपमेयरतर्फ एमालेकी शिल्पा कार्कीको जित करिब सुनिश्चित देखिएको छ ।

शुरुदेखि नै अग्रता लिइरहेका उनीहरुले मंगलबार विहानसम्ममा आफनो अग्रतालाई अझै फराकिलो बनाएका छन् ।

मेयर पदका उम्मेदवार काँग्रेसका नागेश कोइरालाले ७ हजार ८ सय ९९ मत प्राप्त गरेका छन् । प्रमुख पदका एमाले उम्मेदवार सागर थापाले ५ हजार ९ सय ६५ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार उमेश यादवले २ हजार ५ सय ८७ मत पाएका छन् । राप्रपाका प्रल्हादप्रसाद साहले १४ सय ७० मत प्राप्त गरेका छन ।

यसैगरि उपप्रमुखतर्फ एमालेकी शिल्पा कार्कीले प्रतिस्पर्धी उम्मेदवार भन्दा ३३ सय बढी मतले अग्रता लिइरहेकी छन । कार्कीले मंगलबार बिहानसम्म ६ हजार ८ सय १४ मत प्राप्त गरेकी छन । उनलाई पछयाइरहेका गठबन्धनतर्फका जसपाका उम्मेदवार अमरेन्द्र यादवले ४ हजार ३ सय १८ मत पाएका छन । यसैगरि राप्रपाकी बिन्दाकुमारी लुँईटेल आचार्यले १८ सय ३२ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १५ सय २० मत ल्याएकी छन । विराटनगर महानगरमा मंगलबार बिहान सम्म पहिलो चरणमा सुरु गरिएका उत्तरतर्फका १,२, १९ अनि दक्षिणतर्फका १६,१७,१८, नम्बर वडाको मतपरिणाम घोषणा भैसकेको छ । जसमा १, २ र १९ नम्बर वडा अध्यक्षमा एमाले ,१६ नम्बरमा काँग्रेस १७ मा जसपा र १८ मा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन । हालसम्म विराटनगरमा करिब २२ हजार मत गणना भैसकेको र अझै ६५ हजार भन्दा बढि मत गणना हुन बाँकी छ । हाल विराटनगरको आर्दश माविमा मतगणना स्थलमा थप ३वटा केन्द्र थपेर जम्मा ९ वटा वडाको धमाधम मतगणना भैरहेको छ ।

विराटनगरमा सत्ता गठबन्धनको निर्णय अनुसार मेयर पद काँग्रेसलाई र उपमेयर जसपाको भागमा परेको थियो । सोही अनुसार काँग्रेसले नागेश कोइरालालाई मेयरमा उम्मेदवार बनाएको थियो । जसपाले चाँही अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई उम्मेदवार बनाएको थियो । जसपाबाट मेयरका आकांक्षी रहेका अमरेन्द्रले टिकट नपाएपछि पार्टी परित्याग गरेको घोषणा गरेर स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । उता महिलालाई टिकट दिनुपर्ने ठाउँमा पुरुष त्यो पनि आफनै छोरालाई टिकट दिएर नयाँ विरासत बनाउन खोजेको भन्दै जसपाभित्र असन्तुष्टि बढेको थियो । अनि वडा तहमा कुनै तालमेल नगरेको र शमावेशी उम्मेदवार पनि नबनाएको भन्दै माओबादी केन्द्रकी विराटनगर सचिव नमिता न्यौपाने उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी थिइन । यता गठबन्धन भने पनि काँग्रेसीहरुले अमरेन्द्रलाई मनखोलेर मत दिएको पाइएको छैन । रोचक चाँही के भने विराटनगरमा यसपालि पनि धेरै मत बदर हुनेक्रम बढेको छ । अनि गठबन्धन भएपनि काँग्रेसका सातवटै पदमा र माओबादीका सातवटै पदमा अनि जसपाको पनि सातवटै पदमा सयौ मत खसेर बदर भएको पाइएको छ ।

टिप्पणीहरू