ललितपुरको महाँकालमा काँग्रेस र माओवादीको एकछत्र
ललितपुरको महाँकाल गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार गणेश केसी विजयी भएका छन् । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका डोल्मामाया गोले विजयी भएकी हुन् ।
गाउँपालिकाका छ वटै वडाका अध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । विजयी हुनेमा वडा नम्बर १ मा रामप्रसाद घिमिरे, २ मा जोनी न्यासुर, ३ मा मनोजकुमार पराजुली, ४ मा कृष्णप्रसाद तिमल्सिना, ५ मा भूमिनन्द घिमिरे र वडा नम्बर ६ मा विनोद चौर हुन् ।
टिप्पणीहरू