भरतपुरमा पहिले सुवेदी, अहिले दाहाल
चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मदेवार रेणु दाहालले अग्रता लिएकी छन् । पछिल्लो परिणाअनुसार माओवादी केन्द्रकी नेतृ रेणु दाहालले पाँच हजार ९४७ मत पाएकी छन् ।
एमाले उम्मेदवार विजय सुवेदी पाँच हजार ८८८ मतका साथ पछ्याइरहेका छन् । काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले दुई हजार ९०५ मत पाएका छन् ।
भरतपुरमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट रेणु तथा एमाले र राप्रपा गठबन्धनबाट विजय मेयरका उम्मेदवार बनेका हुन् ।
उपमेयरमामा काँग्रेसका चित्रसेन अधिकारी सात हजार २५७ मतसहित अगाडि छन् । राप्रपाका हिमला गुरुङ चार हजार ८२२ मतसहित पछाडि छन् ।
टिप्पणीहरू