एमालेको बर्चस्व तोड्दै तारकेश्वरमा काँग्रेस निर्वाचित

एमालेको बर्चस्व तोड्दै तारकेश्वरमा काँग्रेस निर्वाचित

काठमाडौंको तारकेश्वर नगरपालिकामा मेयर र उपमेयर दुवै नेपाली काँग्रेसले जितेको छ ।

मेयरमा काँग्रेसका कृष्णहरि महर्जन निर्वाचित भएका हुन् । ११ हजार ९८८ मतसहित उनले निकटतम प्रतिस्पर्धी एमालेका रामेश्‍वर बोहरालाई पराजित गरेका हुन् । बोहोराले ७ हजार ८०८ मत ल्याए ।

उपमेयरमा सिर्जना बुर्लाकोटी १० हजार ७८६ मत ल्याएर निर्वाचित भएकी हुन् । एमालेकी भवानी डोटेल धिताल ८ हजार ६ र माओवादीका धन लाल महर्जन १९ सय ९५ मत ल्याएर पराजित भए ।

अघिल्लो निर्वाचनमा यो नगरको मेयर र उपमेयर दुवै पद एमालेले जितेको थियो । मेयरमा बोहरा र उपमेयरमा धिताल निर्वाचित भएका थिए । अहिले उनीहरु दुवै जनालाई काँग्रेसका उम्मेदवारले हराएका हुन् ।

टिप्पणीहरू