एमालेले संसदको अवरोधबारे आज निर्णय गर्ने

एमालेले संसदको अवरोधबारे आज निर्णय गर्ने

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संघीय संसद अवरोध गर्ने कि नगर्ने भन्नेबारे पार्टीले निर्णय गरि नसकेको बताएका छन् । मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा नेम्वाङले संसद्को अवरोधलाई स्थानीय तहको निर्वाचनसँग जोडेका थिए ।

‘हामी अहिले नयाँ निस्कर्षमा पुगिसकेका छैनौं । तर छलफलमा छौं । स्थानीय निकायको निर्वाचनको सम्बन्धमा जनताको बीचमा गएका छौं । जनताले एउटा निस्कर्ष दिएका छन् त्यो निस्कर्षमा पूर्णता आउन बाँकी छ । यो सबै सन्दर्भलाई हामी ध्यानमा राखेर विचार गरिरहेका छौं । तर अहिले नै नयाँ निर्णयमा पुगिसकेका छैनौँ,’ उनले भने । नेम्वाङले पार्टीका शीर्ष नेताहरू संसद्‌मा कसरी प्रस्तुत हुने भनेर निर्णय लिनका लागि परामर्शमा रहेको पनि जानकारी दिए ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको बजेट अधिवेशनको बैठक आजदेखि शुरु हुँदैछ । २०७८ भदौदेखि संघीय संसद्का दुवै सदन अवरोध गर्दै आएको एमालेले यो अधिवेशनमा के गर्ने भन्नेबारे निर्णय गरिसकेको छैन । संसदीयदलका उपनेताले नेम्वाङले मंगलबार ३ बजेसम्म निर्णय लिने जानकारी दिए ।

एमाले विभाजन गर्न सरकारले अध्यादेश ल्याएको र माधवकुमार नेपालको नेतृत्वमा पार्टी विभाजन गरिएको भन्दै एमालेले संसद अवरोध गर्दै आइरहेको छ । सोहि विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।

टिप्पणीहरू