चुनावमा रमेश खरेलले पनि खाता खोले

चुनावमा रमेश खरेलले पनि खाता खोले

नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले वडाध्यक्षमा खाता खोलेको छ । पर्साको पोखरिया नगरपालिका–९ को वडाध्यक्षमा उक्त पार्टीका उम्मेदवार नौसाद आलम विजयी भएका हुन् ।

मतगणनाको अन्तिम नतिजाअनुसार आलम ८७७ मतका साथ निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबाबु चौहानले ६७८ मत प्राप्त गरे ।​

पोखरिया नगरपालिकामा सुशासन पार्टीले मेयर र उपमेयरमा पनि उम्मेदवारी दिएको थियो । जारी मतगणनामा मेयरका उम्मेदवार शंकर राउत अहिर १३१९ मतसहित दोश्रो स्थानमा छन् । एमालेका उम्मेदवार प्रधुमनप्रसाद चौहानले २४८३ मत प्राप्त गर्दै अग्रता लिइरहेका छन् ।

टिप्पणीहरू