पाँचथरको फाल्गुनन्दमा सत्ता गठवन्धनका आङदेम्बे बिजयी
पाँचथरको फाल्गुनन्द गाँउपालिका अध्यक्ष र उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारहरु भारी मतका साथ विजयी भएका छन् । पालिका अध्यक्षमा नेपाली कांग्रेसका बृजहाङ बिजयी भएका हुन् ।
उनले नेकपा एमालेका वीरबहादुर कुरुम्वाङलाई एक हजार ९६ मतले हराए । आङदेम्बेले ५ हजार ७ सय ३९ मत प्राप्त गर्दा कुरुम्बाङले ४ हजार ६ सय ४३ मत मात्र प्राप्त गरे ।
तत्कालीन फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन भएपछि २०७६ मा भएको उपनिर्वाचनमा बृजहाङ आङदेम्बे वीरबहादुर कुरुम्बाङसंग पराजित भएका थिए ।
उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका ठाकुरसिं नेम्वाङ बिजयी भएका छन् । नेम्वाङ जनता समाजवादी पार्टीकी बबिता नेम्बाङलाई हराउँदै बिजयी भएका हुन् । ठाकुरले ५ हजार १ सय १ सय मत प्राप्त गर्दा बबिताले ४ हजार ४ सय ४३ मत मात्र प्राप्त ल्याइन् ।
टिप्पणीहरू