२९४ पालिकाको अन्तिम परिणाम सार्वजनिक, यस्तो छ दलहरुको अवस्था

२९४ पालिकाको अन्तिम परिणाम सार्वजनिक, यस्तो छ दलहरुको अवस्था

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको धमाधम परिणाम आउन थालेको छ । अहिलेसम्म २९४ पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली काँग्रेसले १३३ तह जितेको छ ।

कांग्रेसले परिणाम आएकामध्ये करिब ४५ प्रतिशत पालिकाको नेतृत्व जितेको हो । दोस्रो स्थानमा रहेको नेकपा एमालेले ८९ तहमा जित हासिल गर्दै करिब २९ प्रतिशत पालिकाको नेतृत्व लिएको हो ।

तेस्रो स्थानको नेकपा माओवादी केन्द्रले ६५ स्थानीय तहमा जितेको छ । नेकपा एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले ३ तहमा जित हासिल गरेका छन् । त्यस्तै, पाँच स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले नेतृत्व जितेका छन् ।

नेमकिपा र राष्ट्रिय जनमोर्चाले १–१ पालिकामा जितेका छन् । मतगणना जारी रहेको स्थानमध्ये प्रमुख र उपप्रमुख दुबैमा कांग्रेस नै अगाडि छ । एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् ।

टिप्पणीहरू