पाकिस्तान हुँदै काठमाडौं आएको अमेरिकी सैनिक विमानले के ल्यायो ?

पाकिस्तान हुँदै काठमाडौं आएको अमेरिकी सैनिक विमानले के ल्यायो ?

हिजो दिउँसो अमेरिकी वायुसेनाको एउटा विमान काठमाडौं उत्रिएको छ । अमेरिकाबाट पाकिस्तान हुँदै आएको उक्त विमानमा ल्याइएको सामानको पोको धेरै ठूलो थिएन । तर पनि अमेरिकी सेनाको विमानमै ल्याउनुपर्ने के थियो भनेर चर्चा भएको हो ।

विमानले १ सय १५ केजीको प्याकेट ल्याएको थियो । आरसीएच १८१५ कल साइन भएको सी १७ विमानले कूटनीतिक प्याकेटहरु ल्याएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ । १९ वटा प्याकेटको तौल एक सय १५ केजी थियो ।

हिजो आएको उक्त विमान आज फर्केको हाे ।

टिप्पणीहरू