एमालेको किल्ला गजुरीमा माओवादीको ‘इन्ट्री’

एमालेको किल्ला गजुरीमा माओवादीको ‘इन्ट्री’

नेकपा एमालेको गढ मानिएको धादिङको गजुरी गाउँपालिकामा माओवादी केन्द्रले शानदार जित दर्ता गरेको छ ।

माओवादी केन्द्रका उम्मेदवार गणेशलाल श्रेष्ठले निवर्तमान अध्यक्षसमेत रहेका एमालेका राजेन्द्रबिक्रम बस्नेतलाई झन्डै साढे दुई हजार मत अन्तरले पराजित गर्दै एमालेको गढ भत्काएका हुन् । श्रेष्ठले ६ हजार ३०८ मत ल्याई विजय हासिल गर्दा बस्नेतले ४ हजार ५१ मत पाए ।

यस्तै, गाउँपालिका उपाध्यक्षमा भने काँग्रेसकी उम्मेदवार शर्मिला बिसुराल ५ हजार ६९९ मतका साथ बिजयी भएकी छन् । उनले एमालेकी भगवती खतिवडालाई पराजित गरेकी थिइन् ।

अघिल्लो चुनावमा गजुरीको अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको थियो ।

टिप्पणीहरू