षडानन्दमा मेयर एमाले, उपमेयर माओवादी
भोजपुरको षडानन्द नगरपालिकाको मेयरमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका वीरबल राईलाई पराजित गर्दै एमालेका सुरेन्द्रकुमार उदास मेयरमा निर्वाचित भएका हुन् ।
उदासले छ हजार ७७२ मत प्रप्त गरेका छन् । यस्तै उनका प्रतिस्पर्धी काँग्रेसका राईले पाँच हजार ७५७ मत ल्याएका हुन् । यता भने गठबन्धनबाट उममेयरको उम्मेदवार माओवादीकी प्रमिला राई निर्वाचित भएकी छन् । उनी ७ हजार २५७ मतका साथ निर्वाचित भएकी हुन् ।
एमालेकी निकटतम प्रतिस्पर्धी मेरिका राईले चार हजार ३५८ भोट ल्याए पनि पराजित भएकी हुन् । २०७४ सालको निर्वाचनमा उक्त नगरमा मेयर काँग्रेस र उपमेयर एमालेले जितेको थियो । तर, माओवादी र काँग्रेसले गठबन्धन गरे पनि काँग्रेसको बर्चस्व एमालेले तोडेको छ ।
टिप्पणीहरू