राजमार्गमा निर्वाचन आयोगविरुद्ध घन्कियो मुर्दावादको नारा

आज मध्यान्ह सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गमा निर्वाचन आयोगविरुद्ध मुर्दावादको नारा लागेको छ । मतगणनामा ११ मतको अन्तरले माओवादी केन्द्रका उम्मेदवारलाई जिताइएको भन्दै एमालेका सयौं कार्यकर्ताले मुर्दावादको नारा लगाएका हुन् ।

लालबन्दी नगरपालिका ८ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका शुक्रबहादुर पाख्रिनले ४६० मतले जितेको घोषणा गरिएको आफ्ना उम्मेदवारलाई ११ भोटले हराइएको भन्दै नेकपा एमालेका नेता तथा कायकर्ताहरु राजमार्गमा उत्रिएका हुन् । उनीहरुले निर्वाचन आयोग मुर्दावादलगायत नाराबाजीसहित चक्काजाम गरेका हुन् ।

टिप्पणीहरू