पाकिस्तान हुँदै आएको अमेरिकी वायुसेनाको जहाज कोलम्बोतर्फ

पाकिस्तान हुँदै आएको अमेरिकी वायुसेनाको जहाज कोलम्बोतर्फ

पाकिस्तान हुँदै हिजो काठमाडौं आएको अमेरिकी वायुसेनाको जहाज आज दिउँसो श्रीलंकाको राजधानी कोलम्बोतर्फ उडेको छ ।

अमेरिकी सेनाको आरसीएच १८१५ कल साइन भएको सी १७ विमान काठमाडौंबाट दिउँसो कोलम्बोतर्फ लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।

जहाजमा काठमाडौंस्थित अमेरिकी राजदूतावासका १७ जना कर्मचारी पनि सँगै गएका छन् ।

टिप्पणीहरू