मेयर र उपमेयरमा काँग्रेस र माओवादी, वडामा मुख्य चार पार्टी

मेयर र उपमेयरमा काँग्रेस र माओवादी, वडामा मुख्य चार पार्टी

जाजरकोटको छेडागाड नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेयरमा नेपाली काँग्रेसका रत्नबहादुर खड्का ९१७३ मत ल्याएर विजयी भएका हुन् ।

खड्काले नेकपा एमालेका उम्मेदवार लालबहादुर महतारालाई ३६३६ मत अन्तरले पराजित गरे । महताराले ५५३७ मत प्राप्त गरेका छन् । उपमेयरमा माओवादी केन्द्रका चन्द्रबहादुर थापा (अपिल) ले ७९६८ मतसहित जित हासिल गरेका छन् ।

एमालेका उम्मेदवार अन्जुकुमारी थापाले ६०३१ मत ल्याइन् । यो नगरपालिकामा तीन वटा वडा एमाले, चार वटा माओवादी, चार वटा काँग्रेस र एउटा वडा नेकपा एकीकृत समाजवादीले जितेको छ ।

टिप्पणीहरू