काठमाडौं महानगरपालिका मतगणना (अपडेट)
काठमाडौं महानगरपालिकाको मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ । हालसम्म ३१ हजार ७५३ मत गणना हुँदा पनि लौरो चिन्ह लिएर मेयरमा उठेका बालेन शाहले अग्रता कायम गरेका छन् । उनले १२ हजार ३ सय १४ मत पाएका छन् ।
त्यसैगरी एमालेका केशव स्थापितले छ हजार पाँच सय ५७, नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठले पाँच हजार आठ सय ६० र राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले एक हजार एक सय तीन मत ल्याएका छन् ।
उपमेयरमा एमालेकी सुनिता डंगोलले १२ हजार तीन सय १५, नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले तीन हजार छ सय ९१ मत ल्याएका छन् । राप्रपाका उम्मेदवारले दुई हजार छ सय ८१ मत ल्याएकी छन् ।
टिप्पणीहरू