थिमीमा जेठानले ज्वाईंलाई हराए

थिमीमा जेठानले ज्वाईंलाई हराए

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार प्रमुखमा विजयी भएका छन् । उपप्रमुख माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् ।

गठबन्धनका उम्मेदवारहरुमध्ये प्रमुखमा सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा विजयकृष्ण श्रेष्ठ विजयी भएका हुन् । सुरेन्द्रले निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई पराजित गरेका छन् ।

उपप्रमुखमा विजय श्रेष्ठले एमालेका उम्मेदवार उत्तरा नेपाललाई पराजित गरेका छन् । मदनसुन्दर निवर्तमान नगरप्रमुख हुन् । नाताले सुरेन्द्र र मदनसुन्दर ज्वाईं र जेठान हुन् । सुरेन्द्र जेठान हुन् भने मदनसुन्दर ज्वाईं हुन् ।

टिप्पणीहरू