शीतल निवास सामुन्ने एमाले प्यानल
काठमाडौं महानगरपालिकाको वडा नम्बर ३ मा एमालेका सबै उम्मेवार विजयी भएका छन् । अन्तिम परिणामअनुसार वडाध्यक्षमा नेकपा एमालेका प्रेम थापा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका राजेश अधिकारी भएका छन् । थापाले २१ सय ३८ मत ल्याउँदा अधिकारीले १४ सय ९१ मत ल्याएका छन् ।
यसअघिका एमाले वडाध्यक्ष दिपक केसीले ९६६ मत ल्याएका हुन् । उनी नेकपा एकीकृत समाजवादीबाट प्रतिस्पर्धा गरेका थिए ।
सदस्यहरुमा एमालेका कृष्णराज चालिसेले २२ सय ३७ मत ल्याएर विजयी भएका छन् । एमालेकै केशव राज श्रेष्ठले पनि सदस्यमा २१५२ मत ल्याएका छन् ।
दलित महिला सदस्यमा एमालेकी शर्मिला परियारले २२ सय ८७ र महिला सदस्यमा एमालेकी सीता थापाले २२ सय ६६ मत प्राप्त गरेकी हुन् ।
टिप्पणीहरू