आफ्नो छाडेर अर्कैको भोट गन्न गए बालेन

आफ्नो छाडेर अर्कैको भोट गन्न गए बालेन

काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन साह ललितपुरको भोट गन्न गएका छन् । ललितपुर महानगर–१० का वडाध्यक्ष उम्मेदवारको प्रतिनिधि बस्न उनी आज बिहान मतगणनास्थल पुगेका हुन् ।

वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका नरसिंह व्यञ्जनकारको प्रतिनिधिको रूपमा सहभागी हुन बालेन त्यता गएको बताइएको छ ।

उनी काठमाडौं महानगरको मेयरमा गत शनिबार बिहानदेखि जारी मतगणनामा अहिलेसम्म सबैभन्दा बढी मतसहित अग्रस्थानमा छन् ।

टिप्पणीहरू