तिब्बत मामिलासम्बन्धी अमेरिकी उपमन्त्री पर्सि आउने

तिब्बत मामिलासम्बन्धी अमेरिकी उपमन्त्री पर्सि आउने

अमेरिकी नागरिकको सुरक्षा, प्रजातन्त्र र मानवअधिकार सम्बन्धी उपमन्त्री तथा तिब्बती मुद्दाहरुका लागि अमेरिकी विशेष संयोजक उज्रा जेया नेपाल आउन लागेकी हुन् ।

मानवअधिकार र लोकतान्त्रिक शासनका लक्ष्यहरुमा सहयोग गर्ने उद्देश्यका साथ उनी नेपाल भ्रमणमा आउन लागेको अमेरिकाले जनाएको छ ।

हाम्रो परराष्ट्र मन्त्रालयले यसबारे कुनै आधिकारिक जानकारी दिएको छैन । तर अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उनको नेपाल भ्रमणबारे उल्लेख छ ।

उपमन्त्री जेया जेठ ६ देखि ८ गतेसम्म नेपालमा रहने छिन् । उपमन्त्री जेयासँगै प्रतिनिधिमण्डलमा अमेरिकी सहयोग नियोग यूएसएआईडीकी एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि रहने छिन् ।

उपमन्त्री जेयाको टोली भारत भ्रमणमा छ । उक्त टोलीले भारत भ्रमणपछि नेपाल आउन लागेको हो ।

टिप्पणीहरू