बाबुराम भट्टराई ५ हजार भोटले पछाडि
रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका साझा उम्मेवार खेलराज पाण्डेले मतान्तर फराकिलो बनाउँदै लागेका छन् ।
मतगणना जारी रहँदा गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार पाण्डेले एमालेका बाबुराम भट्टराईलाई पाँच हजार १३ मतले पछि पारेका हुन् । अहिलेसम्म गणना भएको २७ हजार ५५७ मतमध्ये पाण्डेले १५ हजार ५८९ र भट्टराईले १० हजार ५७६ भोट पाएका छन् ।
उपप्रमुखमा भने एमालेकी सावित्रा अर्याल अगाडि छन् । उनले ११ हजार ७२५ मत पाउँदा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका नीनबहादुर गुरुङले आठ हजार ६४१ मत ल्याएका छन् ।
बुटवलमा वडाहरुमा पनि काँग्रेसले वर्चश्व कायम गरेको छ । हालसम्म गणना भएका १२ वडा वडामा काँग्रेसले सात वडाध्यक्ष जितेको छ ।
टिप्पणीहरू