४३ हजार मतगणनामा बालेन दोब्बर मतले अगाडि

४३ हजार मतगणनामा बालेन दोब्बर मतले अगाडि

काठमाडौं महानगरपालिकामा ४३ हजार ४४० मतगणना भइसकेको छ । पछिल्लो तथ्याङ्कअनुसार मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले १६ हजार ६८८ मत प्राप्त गरेका छन् ।

एमाले उमेदवार केशव स्थापितले आठ हजार ९६९ मत प्राप्त गरेका छन् । काँग्रेस उम्मेदवार सिर्जना सिंहले आठ हजार २ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा एमालेकी सुनिता डंगोल नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठभन्दा निकै अगाडि देखिएकी छन् ।

मतगणना सुस्त भएपछि चौतर्फी आलोचना भएको छ । निर्वाचन सम्पन भएको आज पाँच दिन बितिसक्दा पनि कुनै पनि महानगरको परिणाम आउन सकेको छैन ।

टिप्पणीहरू