दोलखाको तामाकोशीमा एकीकृत समाजवादीका केसी बिजयी
दोलखाको तामाकोशी गाउँपालिका अध्यक्षमा नेकपा (एकीकृत समाजवादी) का द्रोणप्रताप केसी विजयी हुनुभएको छ ।
केसीले २ हजार ५ सय भन्दा बढी मतले एमालेका अभिषेक सुवेदीलाई पराजित गर्दै बिजयी हुनुभएको हो ।
दोलखामा सत्ता गठबन्धनका तीन दल नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको थियो ।
तामाकोशी गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी सृजना सुवेदी खड्काले जीत हात पार्नुभएको छ ।
टिप्पणीहरू