सेटिङको व्याख्या सबका फरक फरक

सेटिङको व्याख्या सबका फरक फरक

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले स्थानीय तहको निर्वाचनमा सेटिङको कुरो उठाउनुभएको छ । उहाँले हिजो संसद् बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै सत्तारूढ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा सेटिङ गरेर लाभ लिएको आरोप लगाउनुभयो ।

उता लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले संसद् बैठकपछि सन्चारकर्मीसँग कुरा गर्दै स्थानीय तह निर्वाचनमा धाँधली भएको आरोप लगाउनुभएको छ । धाँधली भएको देख्दा पनि निर्वाचन आयोग मूकदर्शक भएर बसेको र निर्वाचनमा पैसाको व्यापक प्रभाव परेको आरोप लगाउँदै यी सबै कार्य सेटिङमा भएको उहाँको भनाइ थियो ।

नेकपा एमालेका सांसद तथा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले प्रतिनिधिसभाको बैठकमा बोल्दै देश गम्भीर संकटमा परेको बेला पनि सरकार सत्तासेटिङमा व्यस्त भएको आरोप लगाउनुभएको छ । उहाँले सत्तासेटिङ सकिएको भए अब देश बचाउन एकजुट हुन आग्रह गर्नुभएको हो ।

टिप्पणीहरू