माईमा एमालेले गाड्यो झण्डा

माईमा एमालेले गाड्यो झण्डा

इलाम माई नगरपालिकाको मेयरमा नेकपा एमालेका खम्बसिंह लिम्बु र उपमेयरमा एमालेकै हिमा भण्डारी विजय हुनुभएको छ । अन्तिम मत परिणामअनुसार खम्बसिंह निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्र (गठबन्धन) तर्फका उमेरदवार धनकुमार लिम्बूलाई १६१७ मतान्तरले विजयी हुनुभएको हो । विजयी लिम्बूले ८१३२ मत प्राप्त गर्दा पराजित लिम्बुले ६५१५ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै उपमेयरमा नेकपा एमालेका हिमा भण्डारी ७८७५ मत ल्याई विजयी हुनुभएको छ । वहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनतर्फ नेपाली काँग्रेसका हेमबहादुर लिम्बुले ६३३६ मत प्राप्त गर्नुभएको थियो । उपमेयरमा विजयी र उपविजयीको मतान्तर १५३० मत रहेको छ ।

टिप्पणीहरू