भरतपुरमा मतान्तर झन् फराकिलो
निकै चर्चामा रहेको भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेणु दाहालले प्रमुख प्रतिस्पर्धीसँगको मतान्तर बढाउँदै लगेकी छन् ।
दाहालले केही बेरअघि १८ सय ५२ मतको अग्रता बनाएकी हुन् । उनले १० हजार ४४९ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले आठ हजार ५९७ मत पाएका छन् । हालसम्म भरतपुरमा २८ हजार ६४३ मतगणना सकिएको छ ।
यस्तै काँग्रेससँग असन्तुष्ट बनेर बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले चार हजार ६९६ मत पाएका छन् ।
उपमेयरमा गठबन्धनतर्फ काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारी अगाडि देखिएका छन् । उनले १२ हजार ४९६ मत पाउँदा एमालेले तालमेल गरेर साथ दिएको राप्रपाकी उम्मेदवार हिमला गुरुङले छ हजार ९९२ मत पाएकी छन् ।
भरतपुरमा सत्तारुढ पाँचदलीय गठबन्धनविरुद्द एमालेले बाँकी सबै दलसँग गठबन्धन गरेको छ ।
टिप्पणीहरू