माधव नेपालले आफ्नो गृहजिल्लामा इज्जत राखे
एकीकृत समाजवादीले रौतहटको सदरमुकाम गौरसहित राजदेवी नगरपालिकाको मेयर र उपमेयरमा भारी मतान्तरसहित जित निकालेको छ । मेयरमा भिखारी यादव र उपमेयरमा राजकुमारी साह निर्वाचित भएका हुन् ।
भिखारीले निवर्तमान मेयर तथा नेपाली कांग्रेसका उम्मेदवार धिरेन्द्र सिंहलाई ३ हजार ३४५ मत अन्तरले पराजित गरेका छन् । उनले ७ हजार ५२ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी रहेका सिंहले ३००७ मत मात्र ल्याए ।
त्यसैगरी, उपमेयरमा समाजवादीकै राजकुमारी देवीले ५ हजार ८४२ मत प्राप्त गर्दै चुनाव जित्दा निकटतम प्रतिस्पर्धी कांग्रेसकी अर्चनाकुमारी यादवले ३१४९ भोट पाइन् ।
टिप्पणीहरू