विजय जुलुसमा हिँडेको एमालेको गाडी पल्टियो, ६ जना गम्भीर

विजय जुलुसमा हिँडेको एमालेको गाडी पल्टियो, ६ जना गम्भीर

रुपन्देहीको सिद्धार्थनगर–१० मा विजय जुलुसमा प्रयोग भएको मिनी ट्रक दुर्घटना हुँदा दर्जनबढी घाइते भएका छन् । मतगणना स्थलबाट एमालेको विजय जुलुससँगै निस्किएको गाडी सिद्धार्थनगर–१० को शंकरपुरमा दुर्घटनामा परेको हो ।

मिनी ट्रक अनियन्त्रित भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका केशव केसीले जानकारी दिए । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये ६ को अवस्था गम्भीर रहेको छ ।

घटनाको यकिन विवरण आउन बाँकी रहेको प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ । सिद्धार्थनगर–१० बाट नेकपा एमालेका उम्मेदवार सुर्जमन यादव अहिर विजयी भएका छन् । उनी एक हजार एक मत ल्याएर विजयी बनेका हुन् ।

टिप्पणीहरू