इलामको देउमाईमा एमाले उम्मेदवार दोस्रो कार्यकालका लागि निर्वाचित
इलामको देउमाई नगरपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् ।
देउमाईमा प्रमुख सूर्य पोख्रेल र उपप्रमुख पविमाया राई दुवै जना दोस्रो कार्यकालको लागि चुनिएका हुन् । पोख्रेलले गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार होम दुलाललाई पराजित गरेका छन् । पोख्रेलले आठ हजार ६९५ मत प्राप्त गरेका छन् ।
दुलालले सात हजार ६२२ मत प्राप्त गरेका छन् । २०७४ को पहिलो स्थानीय तह निर्वाचनमा पनि दुलाल पोख्रेलसंगै पराजित भएका थिए । उपप्रमुख पविमाया राईले आठ हजार ५६३ मत ल्याएर विजयी भएकी छन् ।
उनका निकटतम प्रतिष्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका राम राईले पाँच हजार ७६५ मत प्राप्त गरेका छन् । पविमाया राईले अघिल्लो निर्वाचनमा काँग्रेसकी सूर्यमाया राईलाई पराजित गर्दै उपप्रमुख निर्वाचित भएकी थिइन् ।
टिप्पणीहरू