‘नो भोट’ लेखिएको मतपत्र छ्याप्छयाप्ती
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडामा ‘नो भोट’ लेखिएको मतपत्र भेटिएको छ । मतगणनाको क्रममा “चोर नेताहरुलाई नो भोट” भनेर लेखिएको मतपत्र भेटिएको हो ।
नेताहरुबाट वाक्क भएका मतदाताले मतपत्रबाट आफ्नो आक्रोश पोखेको पाइन्छ । राजनीतिक दलका चर्तिकलाबाट आजित मतदाताले उनीहरुलाई सबक सिकाउने राम्रो उपाय खोजेको देखिएको छ ।
यद्यपि नेपालमा ‘नो भोट’ सिस्टम छैन । उक्त वडामा हिजो पनि धेरै ‘नो भोट’ लेखिएको मतपत्र भेटिएको थियो । तर, त्यसरी एउटै वडामा त्यति धेरै ‘नो भोट’ लेखिएको मतपत्र अभियान कसले चलायो ? अहिले चासोको विषय बनेको छ ।
उता नो भोट अभियान चलाइरहँदा यता नेकपा एकीकृत समाजवादीले अग्रता बनाएको छ । नेकपा एसबाट मेयरमा उम्मेदवार मीनाकुमारी लामाले ११ हजार ८७९ मत प्राप्त गरेकी छन् । त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपकबहादुर सिंहले ११ हजार ४५ र नेकपा एमालेका अनन्तप्रसाद पौडेलले १० हजार ७४४ मत ल्याएका छन् ।
टिप्पणीहरू