काठमाडौं महानगरको मतगणना: ५६ हजारमा बालेनको मत दोब्बर

काठमाडौं महानगरको मतगणना: ५६ हजारमा बालेनको मत दोब्बर

काठमाडौं महानगरपालिकामा ५६ हजार ३८० मतगणना भइसकेको छ । पछिल्लो तथ्याङ्कअनुसार मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले २१ हजार ४०१ मत प्राप्त गरेका छन् ।

एमाले उमेदवार केशव स्थापितले ११ हजार ४३१ मत प्राप्त गरेका छन् । काँग्रेस उम्मेदवार सिर्जना सिंहले १० हजार ३९४ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा एमालेकी सुनिता डंगोलले २१ हजार ३५२ मत र नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले छ हजार ७८० मत प्राप्त गरेका छन् ।

राप्रपाका उम्मेदवारले चार हजार ७८४ मत प्राप्त गरेको बताइएको छ ।

निर्वाचन सम्पन भएको आज सात दिन बितिसक्दा पनि कुनै पनि महानगरको परिणाम आउन सकेको छैन ।

टिप्पणीहरू