कारागारको शौचालयमा एक जनाको ज्यान गयो

कारागारको शौचालयमा एक जनाको ज्यान गयो

रोल्पा कारागारमा एक पुरुष कैदी झुण्डिएको अवस्थामा भेटिएका छन् । हिजो साँझ पौने ७ बजेतिर उनी यस्तो अवस्थामा भेटिएका हुन् ।

सुर्खेतको बराहताल गाँउपालिका–१ घोडाआँखेका २७ वर्षीय विजयविक्रम शाह शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय,रोल्पाले जनाएको हो ।

शौचालयको ढोका बन्द रहेको जानकारी पाएपछि प्रहरीले ढोका फुटाएको थियो । उनले अपराधिक लाभ मुद्दामा सजाय काटिरहेको प्रहरीले जानकारी दिएको छ ।

हाल उनको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल,रोल्पा लगिएको छ । जिल्ला कारागारमा हाल महिला कैदी ११ र पुरुष कैदी ९६ रहेको बताइएको छ ।

टिप्पणीहरू