रामधुनीमा सूर्य र रुखलाई पछि पार्यो कलमले

रामधुनीमा सूर्य र रुखलाई पछि पार्यो कलमले

सुनसरीको रामधुनी नगरपालिका वडा नं–९ मा माधवकुमार नेपाल नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादी विजयी बनेको छ । उक्त पार्टीका उम्मेदवारहरुले वडामा कांग्रेस र एमालेका प्रतिस्पर्धीलाई दुई तिहाइभन्दा बढी मतले पराजित गरेका हुन् ।

वडाध्यक्षमा समाजवादीका घनश्याम चौधरी निर्वाचित भएका छन् । त्यसैगरी,वडा सदस्यमा दिपबहादुर कार्की,भिमा थापा घिमिरेले जितेका छन् । महिला सदस्यमा लालकुमारी चौधरी र दलित महिला सदस्यमा सरिता सदा आएकी छन् ।

टिप्पणीहरू