एमाले नेताहरुसँगै पूर्वआइजीपी सर्वेन्द्र खनाल पनि

एमाले नेताहरुसँगै पूर्वआइजीपी सर्वेन्द्र खनाल पनि

स्थानीय तह निर्वाचनको प्रारम्भिक परिणामपछि एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीच हिजो बिहान भेटवार्ता भएको छ । उहाँहरुबीच बिहान १० बजेदेखि भण्डै साढे दुई घण्टा कुराकानी भएको ओलीका निजी सचिव राजेश बज्राचार्यले बताए ।

अध्यक्ष ओलीलाई भेट्न नेता पोखरेल बालकोट जानुभएको हो । यता हिजै तनहुँको व्यास नगरपालिकाका मेयरका घाइते उम्मेदवारलाई भेट्न एमाले नेताहरु अस्पताल पुग्नुभएको थियो । राजधानीमा उपचाररत दिपकराज जोशीलाई भेट्न एमाले नेता सुवासचन्द्र नेम्वाङ, महासचिव शंकर पोखरेललगायतका नेता पुग्नुभएको हो ।

काँग्रेस नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा दिपक स्वतन्त्र उम्मेदवार उठेका हुन् । उनलाई भेट्न हिजो नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल पनि जानुभएको थियो । त्यसैगरी श्रममन्त्री किसान श्रेष्ठ पनि दिपक उपचाररत अस्पतालमा पुग्नुभएको पारिवारिक स्रोतले बताएको छ ।

टिप्पणीहरू