कमरेडका भोट कता हराए कता !

कमरेडका भोट कता हराए कता !

– कमल भट्टराई

ताप्लेजुङ जिल्लामा स्थानीय निर्वाचनको मतगणना भइरहँदा प्राप्त मत परिणामले पार्टीहरू आफ्ना सदस्यको व्यवस्थापन र नियन्त्रणमा असफल हुँदै गएको देखिन थालेको छ । मतपरिणाम हेर्दा सदस्य संख्या वा संगठन मजबुत रहे पनि उम्मेदवारले हार्ने अवस्था आउनु अराजकताको नमूना हो ।

भनिन्थ्यो, कम्युनिष्टहरू अनुशासित हुन्छन् तर दुई दशकदेखि यसमा विचलन आएको पुराना र भुक्तभोगी कम्युनिष्टहरू बताउँछन् । भन्छन्– नेतामै अनुशासन, जनवादी केन्द्रीयता, निष्ठा, सिद्धान्त र मूल्यांकनजस्ता कार्यको क्रमशः ह्रास आउन थालेपछि सदस्यले मात्र के गर्ने ? वर्ग शत्रु, प्रमुख शत्रु र गौण शत्रुजस्ता विषयलाई नै पार्टी सदस्यले विश्लेषण गर्न नसकेपछि वा नगरेपछि कम्युनिष्ट आन्दोलन भुत्ते मात्र हैन मठारिएरै जाने सम्भावना देखिन थालेको भुक्तभोगी पुराना कम्युनिष्टहरूको गुनासो छ ।

यसै सन्दर्भलाई जोड्दै फुङलिङ नगरपालिकामा एमाले वडाध्यक्षका पराजित उम्मेदवार पृथ्वी मादेनले भने मेरो वडामा पार्टी सदस्य नै ३ सय १ जना थिए तर मलाई मत भने २ सय १२ मात्र आयो, निले कांग्रेसले २७७ ल्याए, मेरा वडाका त्यत्तिका पार्टी सदस्य र संगठन कहाँ पुगे मैले बुझ्न सकिन । उनले भने पार्टी छ, सदस्य छन् र संगठन छ भन्नुको के नै अर्थ रह्यो र  !

टिप्पणीहरू