वीरगञ्जमा पनि फराकिलो मतान्तरले एमाले पछाडि

वीरगञ्जमा पनि फराकिलो मतान्तरले एमाले पछाडि

आज अपरान्हसम्म ३२ हजार ७०१ मतगणना हुँदा मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंह एमालेका उम्मेदवार विजयकुमार सरावगीभन्दा आठ हजार ८९ बढी मत प्राप्त गरेका छन् ।

गठबन्धनबाट जसपाका उम्मेदवार सिंहले १८ हजार ३९३ मत प्राप्त गरेका छन् उनका निकटम प्रतिस्पर्धी एमालेका उम्मेदवार सरावगीले नौ हजार ५०४ मत पाएका छन् । सिंहले सरावगीसँगको मतान्तर झण्डै नौ हजारले फराकिलो बनाउँदै लागिरहेका छन् ।

उपमेयरमा गठबन्धनबाट काँग्रेसका उम्मेदवार इम्तियाज आलमले १३ हजार २७९ मत पाएका छन् । उनका प्रतिस्पर्धी लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झा भने २६ हजार ९४ मतका साथ अगाडि छन् । ३२ वटा वडा रहेको वीरगञ्ज महानगरपालिकामा ७३ प्रतिशत अर्थात् ९४ हजार छ सय मत खसेको छ ।

टिप्पणीहरू