केशव स्थापितको वडामा काँग्रेसको प्यानल, मेयरमा बालेनलाई ३९ भोट कम
नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेको काठमाडौंको २८ नम्बर वडामा काँग्रेसको प्यानल विजयी भएको छ ।
काँग्रेसका वडाध्यक्ष उम्मेदवार भाइराम खड्गी १२८२ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका विपेन्द्र खड्गीले १०७२ मत ल्याएका छन् ।
महिला सदस्यमा नीना कुमारी खड्गीले १२६५, दलित महिला सदस्य ललिता कार्की दलीले १२०४, खुल्ला सदस्यहरुमा अरुण तण्डुकारले १२७९ र वीरेन्द्र महर्जनले १२८५ मत पाएका छन् ।
वडाबाट मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ७३४, एमालेका केशव स्थापितले ७७३ र काँग्रेसकी सिर्जना सिंहले ७१० मत पाएका छन् ।
नेपाली काँग्रेसका अन्य सदस्यले पाएको मतभन्दा काँग्रेसकी मेयर उम्मेदवार सिंहले पाँच सय ५० मत कम पाएकी हुन् ।
टिप्पणीहरू