प्रधान सेनापतिका भाइले काङ्ग्रेसबाट वडाध्यक्ष जिते
अहिले बिहान घोषित मत परिणामअनुसार प्रधान सेनापति प्रभुराम शर्माका कान्छा भाइ वडाध्यक्षमा विजयी भएका छन् । काठमाण्डौको नागार्जुन नगरपालिका-६ रामकोटस्थित सीताराम माविमा जारी मतगणनाबाट वडा नं ४ को परिणाम आएको हो । । उक्त वडामा ३२६४ मतदाता रहेकोमा २९५४ मत खसेको थियो ।
नेपाली काँग्रेसबाट वडा उम्मेदवार रहेका लक्ष्मीराम शर्मा (पौडेल) ले १३६१ मत ल्याउँदा नेकपा (एमाले) का करुणकुमार बलामी ९५५ मै सिमित भएका थिए ।
टिप्पणीहरू