क्याबिनेट बैठक चल्दाचल्दै बलात्कारीमाथि कार्वाही गराउन बालुवाटारमा नाराबाजी
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा क्याबिनेट बैठक जारी छ । तर बाहिर युवाहरुले “दोषीमाथि कारवाही गर” को नारा घन्काएका छन् ।
स्वतन्त्र युवा समूहको नाममा झण्डै एक सय जना युवा भाटभटेनी नजिकै ढुंगेधारामा प्लेकार्ड बोकेर नारा लगाइरहेका छन् । उनीहरुले झण्डै आठ वर्षअघि सुन्दरी प्रतियोगिताको नाममा बोलाइएकी किशोरीलाई राजधानीको एउटा पाँच तारे एभरेष्ट होटलमा लगेर बलात्कार गर्नेलाई कारवाहीको माग राख्दै उक्त समूहका संयोजक मनोज खतिवडाको नेतृत्वमा नाराबाजी भएको हो ।
उनीहरुले बोेकेको प्लेकार्डमा यस्तो थिति चाहिँदैन,बलात्कारीहरु होशियार,हाम्रो सरकार के हेर्दै,बलात्कारी देश घेर्दै,बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी कानुनमा हदम्यादको व्यवस्था हटाऊजस्ता नारा लेखिएको छ ।
उक्त घटनामा मनोज पाण्डेको नाम मुछिएको छ । तर मनोज पाण्डेको बारेमा विस्तृत जानकारी सार्वजनिक भएको छैन । अहिले बाघ कराउनु र बाख्रा हराउनुको संयोगझैँ पाण्डेको मोबाइल फोन हिजोदेखि अफ गरिएको छ ।
यी उनै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालका भानिजको नाताले खेलकुद परिषदबाट ५ करोड र अन्य सरकारी तथा बैंक तथा बित्तीय सँस्थाबाट गरी झण्डै ५० करोड कमाउने पात्र हुन् या अरु नै भन्ने खुलिसकेको छैन ।

टिप्पणीहरू