प्रधानमन्त्रीलाई भेटेर अमेरिकी टोली सोझै म्यारियट

प्रधानमन्त्रीलाई भेटेर अमेरिकी टोली सोझै म्यारियट

नेपालको तीन दिने औपचारिक भ्रमणमा आएको अमेरिकी उपविदेशमन्त्रीको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भर्खरै बालुवाटारमा भेटघाट सकेर आफू बस्ने म्यारियट होटेलतर्फ लागेको छ । बेलुका खाडी रास्ट्र हुँदै स्वदेश फर्कनुअघि टोलीले दिउँसो परराष्ट्र र गृहमन्त्रीसङ्ग भेट्दैछ ।

अस्ति दिउँसो काठमाडौं उत्रेपछि नै उक्त टोली तिब्बती शरणार्थी र दलाई लामाका सांसदहरुसँग औपचारिक सम्पर्कमा जुटेको थियो । त्यहि साँझ दलाई लामाका दुई जना सांसदहरुसँग “कमल कुन्ज”मा अमेरिकी अधिकारीहरुले बातचित गरेका थिए ।

हिजो दिनभरजसो उनीहरु राजधानीको जावलाखेल र बौध्दस्थित तिब्बती शरणार्थीहरुसँग भेटघाट र औपचारिक कुराकानीमा जुटे । झण्डै तीन घण्टासम्म जावलाखेलको शिविरमा बिताएको अमेरिकी उपविदेशमन्त्री उज्रा जियाको टोली त्यहाँबाट सोझै बौद्ध पुगेको थियो ।

अमेरिकी अधिकारीहरुको हिजोको दिवाभोजको कार्यक्रमसमेत तिब्बती शरणार्थी शिविर, जावलाखेलभित्रै आयोजना गरिएको थियो ।

अस्ति साँझ अमेरिकी राजदूतको निवास, कमलादीमा भएको विशेष भेटवार्ता र रात्री भोजका अवसरमा युएसएआईडीले लोकतान्त्रिक र समृद्ध भविश्यको निम्ति हाम्रो साझा दृष्टिकोणलाई समर्थन गर्ने भन्दै ६५ करोड अमेरिकी डलर सहयोग उपलब्ध गराएको विषय पनि नेपाली अधिकारीहरुलाई जानकारी गराएको बताइएको छ ।

यसअघि भारतको तीन दिने भ्रमणमा रहेको अमेरिकी मन्त्रीको टोलीले धर्मशाला पुगेर दलाई लामासँग भेट गरेको थियो । जिया अमेरिकी सरकारको तिब्बत मामिलासम्बन्धी विशेष संयोजक हुन् । उनको यस पटकको भारत र नेपालको भ्रमण पनि तिब्बत,तिब्बती शरणार्थी र दलाई लामा र प्रजातन्त्रको प्रवर्द्धनमा केन्द्रित छ ।

आफ्नो भ्रमणको उद्देश्य पूरा गरेर अमेरिकी टोली साँझ ७ बजे दुबई हुँदै इमिरेट्सको उडान नम्बर इके २१५६ बाट स्वदेश प्रस्थान गर्दैछ ।

टिप्पणीहरू