काँग्रेसका बागी उम्मेदवारको कारण प्रचण्डपुत्री रेणु दाहालको जीत सहज भएको वर्षमानको दाबी
भरतपुरमा मेयर उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रका अध्यक्षपुत्री रेणु दाहालको जीत सहज हुनुमा काँग्रेसका बागी उम्मेदवार मुख्य कारण रहेको माओवादी नेता वर्षमान पुनको दाबी छ । पुनले हिजो आफ्नै निवास खुमलटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा उक्त कुरा बताउनुभएको हो ।
विजयको नजिक पुगेकी दाहालको उम्मेदवारी र त्यसको सफलता पार्टीको संगठन र आडमा नभएको पनि उहाँको भनाइले पुष्टि गरेको सहभागी एक जना पत्रकारले बताए । माओवादी केन्द्रका केन्द्रीय कार्यालय इञ्चार्ज पुनको पछिल्लो अभिव्यक्तिले धेरैलाई झस्काइदिएको छ ।
विगतमा भन्दा यसपटक निकै फराकिलो मतान्तरले विजयी हुने अवस्था सिर्जना हुँदै गएको सन्दर्भमा नेता पुनले काँग्रेसका बागी उम्मेदवारको कारणलाई अघि सारेको सन्दर्भमा भने विस्तृत बताउनुभएको छैन ।
उता पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यपुरथिमि नगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट विजयी उम्मेदवारहरुलाई खुमलटारमा बधाई दिनुभएको थियो । हिजो उहाँले त्यस क्रममा स्थानीय तहको चुनावी तालमेलमा गठबन्धन मूलभूत रूपमा सफल भएको बताउनुभएको हो ।
अध्यक्षको धारणा नेता पुनको भन्दा फरक देखिएको छ ।
टिप्पणीहरू