ललितपुरमा चिरिबाबु झन् झन् चिटिक्क

ललितपुरमा चिरिबाबु झन् झन् चिटिक्क

सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका चिरिबाबु महर्जनले भण्डै दोब्बर मतको अग्रता लिएका छन् । उनले ३२ हजार ३७८ प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १८ हजार ८८६ मत ल्याएका छन् ।

उपप्रमुखमा भने एमालेकी मञ्जली शाक्य १८ हजार ३०९ मतसहित अगाडि छन् । गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उमेदवार बाबुराजा बज्राचार्यले १३ हजार ४७२ मत पाएका छन् ।

ललितपुर महानगरपालिकामा अब २२ हजार मतगणना गर्न बाँकी छ । केहीबेर अघिसम्म ६३ हजार ८२६ मतगणना सकिएको छ । महानगरमा जम्मा ८५ हजार ८६१ मत खसेको थियो ।

टिप्पणीहरू